ललितपुरमा अत्यावश्यकबाहेकका सबै सेवा बिहीबारदेखि बन्द



काठमाडौं । कोरोना सङ्क्रमण उच्च भएको भन्दै ललितपुरमा बिहीबार (माघ ६ ) देखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गरी सेवा बन्द गर्न लागेको जनाएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरू पनि सङ्क्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको हो ।

‘आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वरा जारी सूचनामा उल्लेख छ।

यस्तै, शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रूपमा जारी रहने सूचनामा उल्लेख छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। मङ्गलवार मात्रै सङ्क्रमितको सङ्ख्या १० हजार भन्दा माथि रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्