राजनीति सेवा हो, व्यापार होइन : लिङ्देन



कनकाई। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउँन नहुने बताएका छन्। झापाको सुरुंगामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढंगले प्रयोग गरेको आरोप लगाए।

उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्छ भने। कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पुर्‍याउनुपर्छ भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्