रेडियो समादको १४ औँ वार्षिक उत्सव सम्पन्न 



सिरहा लहान  – सिरहाको लहान नगरपालिका वडा नम्बर१ कृष्णटोल स्थित २०६४ सालमा स्थापना भएको सामुदायिक रेडियो समाद एफ एम १०२.६ मेगाहर्जले स्थापनको १३ हौँ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेका छन्। उक्त रेडियोले प्रत्येक वर्ष माघ ४ गतेका दिन उत्सव मनाउँदै आएका छन्। 

सगरमाथा अञ्चलको पहिलो सामुदायिक रेडियोको रूपमा स्थापना भएको उक्त रेडियोले अवाज विहीनहरूको अवाजको बुलन्द गर्न उक्त एफ.एम.रेडियो एस्टेशनको स्थापन भएको एफ.एम.को कुरा म्यानेजर रामान्द चौधरीले बताए ।

स्थापना काल देखि नै रेडियोले विभिन्न भाषा भाशीको समाचार र गीतसङ्गीतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको सहाय एस्टेशन म्यानेजर अनिल चौधरी जानकारी दिए ।

समाज परिवर्तनमा रेडियोको भूमिका राम्रो रहेको स्थानीयहरूको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्