खेसरीलाल मदानी महोत्सवमा भाग लिन रौतहट आउँदै



रौतहट । भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादव रौतहट आउने भएका छन् । मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका हुन् ।

‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भने । उनका अनुसार सो बारेमा आयोजक र अभिनेता बिच समझदारी भइसकेको छ ।

केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उनको गाडी तोडफोड र आगजनीबाट चार वटा स्कार्पियो, संगीतका सबै साधन ध्वस्त भएको र कम्तीमा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्