गोलबजार नगरपालिकालाई छिटै साक्षर नगरपालिका घोषणा गर्ने तयारीमा 



सिरहा लहान – सिरहाको गोल बजार नगरपालिकाले साक्षर नगरपालिका छिटै घोषणा गर्ने निर्णय गरेका छन्। सिरहाको १७ वटा स्थानीय तह मध्ये गोल बजार नगरपालिकाले नमुना कामको सुरुवात गरेको स्थानीयहरूको भनाई छ।

उक्त नगरपालिकाले साक्षर नेपाल वर्ष २०७६ अवधारणा पत्र बमोजिम आवश्यक तयारी,सहरीकरण तथा कार्यक्रम सम्पादन गर्न पालिकाको प्रमुख तथा मेयर देवनाथ साहको समजत्वमा ९ सदस्य साक्षरता अभियान नगरपालिका समितिले गठन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालले बताए।

नेपाल सरकारको तथ्याङ्क अनुसार सिरहा जिल्लामा २०६७ सालमा १ लाख ८७ हजार २ सय ४३ जना निरक्षर जनसंख्या  रहेकोमा १लाख ९३ हजार ४ सय ४८ जनाले साक्षरता कक्षा प्राप्त गरेको अवस्था रहेको एक तथ्याङ्कमा उल्लेख रहेको देखिन्छ।पालिकालाई साक्षरता घोषणा गर्नको लागी १५ देखि ६०वर्ष उमेरको ९५% भन्दा बढी साक्षर भएको अवस्थामा साक्षर नगरपालिका घोषणा गर्न सकिने नीतिगत व्यवस्था रहेको गोल बजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालले जनाए।

उक्त पालिकाले ३ महिना भित्रै साक्षरता पालिका घोषणा गर्ने  निर्णय गरेका छन्। यसका लागि १२ वटा साक्षरताका सूचकहरू उल्लेख रहेका छन्।

– राष्ट्रिय भाषा वा मातृ भाषाका वर्ण वा अक्षरको पढाई वा लेखाई गर्न सकने 

– राष्ट्रिय भाषा वा मातृ भाषामा लेखिएको मूल्य सुची र बिलको पढाई गर्न सकिने। 

-लगायतका सूचकहरू रहेका छन्।

नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हकका रूपमा स्थापित गरेका छन्। सबैका लागि शिक्षाको अवसर अभिवृद्धि गर्न सरकारले औपचारिक तथा अनौपचारिक दुवै माध्यमबाट विभिन्न उमेर समूहका महिला, 

पुरुष,विशेष आवश्यकता भएका तथा कठिन परिस्थितिमा रहेका प्रत्येक बालबालिका व्यक्तिहरूका लागि कार्यक्रमहरू नेपाल सरकारले सञ्चालन गर्दै आएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्