‘मेरो ड्युटी सकियो’ भन्दै पाकिस्तानी पाइलटले बीचमै विमान उडाउन मानेनन्



एजेन्सी । आइतबार एक पाकिस्तानका पाइलटले आफ्नो सिफ्ट सकिएको भन्दै बिच बाटोमै विमान उडाउन अस्वीकार गरेका छन् । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए)को साउदी अरबको राजधानी रियादबाट पाकिस्तानको राजधानी इस्लामाबाद आउने जहाजका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरेका हुन् । 

यद्यपि, पीके–९७५४ ले रियादबाट त उडान भर्यो । तर खराब मौसमका कारण यसलाई साउदी अरेबियाको दम्माममा आकस्मिक अवतरण गरियो । 

मौसममा सुधार आएपछि विमानका क्याप्टेनले दमामबाट इस्लामाबाद उडान भर्न अस्वीकार गरे किनभने उनको ड्युटी आवर सकिएको थियो । पाइलटले विमान नउडाउनुको कारण बताउँदै गर्दा त्यहाँ उपस्थिति धेरैको रिसको पारा असाध्यै माथि चढिसकेको थियो । 

तर, विमान त्यहाँसम्म ल्याएका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरे । त्यसैले आफ्नो रोष व्यक्त गर्दै यात्री विमानबाट ओर्लिएनन् र  त्यसपछि आक्रोशित यात्रुले पनि विमानबाट ओर्लिन अस्वीकार गर्दै प्रदर्शन गरे । 

अन्ततः स्थितिलाई नियन्त्रणमा ल्याउनका लागि सुरक्षाकर्मीलाई नै बोलाउनुपर्यो । विमानस्थलमा यात्रीका लागि होटलको बन्दोबस्त पनि मिलाइयो ।
   
पीआईएका प्रवक्ताले द एक्सप्रेस ट्रिब्यूनसँगको कुराकानीमा भने, पीआइएका एक प्रवक्ताले भने ‘उडानको सुरक्षाको लागि उडानभन्दा पहिले पाइलटहरुलाई उचित आराम दिनु जरुरी हुन्छ त्यसैले यही हिसाबले व्यवस्था गरिएको थियो ।’ 

उनले यात्रुहरु आइतबार राती ११ बजे इस्लामाबादमा ओर्लिने बताए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्