क्रिप्टो करेन्सीको कारोबार गर्ने तीन युवा प’क्राउ



काठमाडौं । क्रिप्टोकरेन्सी (बिट क्वाइन) कारोबार गरेको आ’रोपमा प्रहरीले तीन जनालाई प’क्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले काठमाडौँबाट उनीहरूलाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा पर्वतको फलेबासका २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौँको थापाथलीका २७ वर्षीय दीपेनराज श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार राजनले हालसम्म ९ सय ७५ जनासँग एक हजार ९ सय २६ पटक कारोबार गरेको देखिएको छ।

बिहीबार गोप्य सुचनामार्फत् खटिएको महाशाखाको टोलीले उनीहरूलाई काठमाडौँको मीन भवनबाट पक्राउ गरेको हो । पक्राउ व्यक्तिहरू मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग १९२६ पटक कारोबार गरेको, मङ्सिरदेखि पुससम्म लगभग २ लाख २६ हजार बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको महाशाखाको दाबी छ।

नेपाल बिट क्वाइनको कारोबार गर्न प्रतिबन्ध रहेको छ । उनीहरूमाथि बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्