आमा बनिन् प्रियंका चोपडा



एजेन्सी। बलिउड–हलिउड अभिनेत्री प्रियङ्का चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले इन्स्टाग्रामबाट आफू आमा बनेको जानकारी दिए पनि छोरा या छोरी के जन्मियो भन्ने केही खुलाएकी छैनन् ।

उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रो परिवारका लागि सबैसँग यो आग्रह गर्न चाहन्छौैं कि यो समयमा हाम्रो गोेपनियताको ध्यानमा राखिदिनुहोला ।’

प्रियङ्का र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रूपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए । 

पछिल्लो तीन महिनामा प्रियङ्का बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।

केही समय अगाडि प्रियङ्का र निकको डिभोर्सको चर्चा समेत चलेको थियो । प्रियङ्काले सामाजिक सञ्जालबाट आफ्नो नामकोे पछाडि जोडिएको जोनस थर हटाएपछि यस्तो चर्चा चलेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्