भौतिक मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै गौरमा प्रदर्शन



रौतहट । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घका कार्यकर्ताहरूले मन्त्री रेणु यादवको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । युवा सङ्घका कार्यकर्ताहरूले शनिवार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् ।  

जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने ध’म्की दिँदै गौर घटना दोहर्‍याउने जस्तो गैर जिम्मेवार मन्तव्य दिएको भन्दै युवा सङ्घले मन्त्री यादवको राजीनामा मागेका छन् ।

युवा सङ्घका जिल्ला अध्यक्ष बाला शंकर कुश्वाहाको नेतृत्वमा युवा सङ्घका कार्यकर्ताहरूले तुल ब्यानरसहित गौरस्थित मुख्य सडकमा प्रदर्शन गरेका हुन् ।

गौरस्थित एमाले पार्टी कार्यालय देखि सुरु भएको र्‍याली ब्यारेक फिल्ड हुँदै बिपी चोकमा कोणसभा परिणत भएको थियो ।

प्रदर्शनमा संयौं युवाहरू सहभागी थिए । यादवले हिं’सा भड्काउने खालको अभिव्यक्ति दिएको भन्दै उनको सत्र आलोचना भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्