गुडिरहेको जिप माथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु



काठमाडौँ। ओखलढुङ्गामा गुडिरहेको जिपमा ढुङ्गा खस्दा ३ जनाको मृत्यु भएको छ । 

जिल्लाको सिद्धिचरण नगरपालिकामा पहाड माथिबाट गुडिरहेको १ज ३५६९ नम्बरको जिपमा ढुङ्गा खस्दा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा दुई बालबालिका युवक कोइराला र युनिषा कोइराला एकै परिवारका रहेका छन्। अर्का मृतक भने हेमबहादुर मगर रहेको खुलेको छ।

डोजरले माटो मिलाउने क्रममा ढुङ्गा खसेको थियो। सदरमुकाम आउँदै गरेको जिपमा सवार रहेका ६ जनामध्ये तीन जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते जिप चालक सञ्जिव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का एक जना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जिपमा ६ जना चढेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्