बझाङमा करोडौं भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवमाथि कालोमोसो दलियो



कैलाली ।  बझाङमा वडाध्यक्ष र वडा सचिवलाई कालो मोसो दलिएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समितिले बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा-८.का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ भ्रष्टाचार गरेको आरोपमा जनकारबाही स्वरूप कालो मोसो दलेको बताएको छ।

उनीहरूमाथि वडाको योजनामा करोडौँ भ्रष्टाचार गरेको, कमिसन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आ’रोप छ।

वडाको योजना करोडौँ भ्रष्टाचार गरेको, कमिसन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आ’रोप लगाउँदै मोसो दलेको अनेरास्वियु (क्रान्तिकारी) द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्वियु )क्रान्तिकारी) सधैँ जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र सङ्गठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्वियु (क्रान्तिकारी) ले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्