बौद्ध दुर्घटनाका घाइतेको पहिचान हुन सकेन



काठमाडौं । काठमाडौं– ६ बौद्धटुसाल सडकमा माइक्रो बसको ठक्करबाट घाइते भएका एक युवाको अझै पहिचान खुल्न सकेको छैन ।
शुक्रबार बिहान १०ः४० बजे घाइते अवस्थामा फेला परेका उनको अझैसम्म होस खुल्न नसकेकाले उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अन्दाजी २८ वर्षको देखि युवाको हाल काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भई रहेको महानगरिय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

बाटो काट्ने क्रममा उनलाई बा.१ज ८७५५ नम्बरको माइक्रो बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई चिन्नेले सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्