जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन, मतदानस्थल छिर्न खोज्दा प्रहरीसँग झ’डप



जनकपुरधाम। आज (बुधबार) राष्ट्रियसभा निर्वाचनको मतदान चलिरहँदा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबिच झ’डप भएको छ । 

मतदान स्थलमा राउतका कार्यकर्ता प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।
‘पहिला खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनमत पार्टीका कार्यकर्ता भाटा बोकेर बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

झडपमा जनमतका केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ । राष्ट्रियसभा निर्वाचनमा अवरोध सम्भावित अवरोधलाई ध्यान दिँदै ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरूले जनकपुरधामका विभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्