भाइकी छोरीको ह’त्या आ’रोपमा स्‍याङ्जाका युवक प’क्राउ



काठमाडौँ । स्याङ्जामा भाइको छोरीको ह’त्या गरेको आ’रोपमा एक युवक प’क्राउ परेका छन् ।

२७ महिने छोरीलाई भुईँमा पछारेर ह’त्या गरेको आ’रोपमा जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय वासुदेव ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार माघ १० गते उनले २७ महिने छोरीको दुवै खुट्टा समाएर भुईँमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत अवस्थामा रहेकी बालिकालाई उपचारका लागि पाल्पाको रामपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पक्राउ परेका ढकालविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न स्याङ्जा जिल्ला अदालतबाट अनुमति लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्