तपाईंको माक्स खै ? अभियान बझाङमा सञ्चालन



बझाङ ।  जिल्लामा खै तपाईँको माक्स अभियान सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङकाे आयाेजनामा सदरमुकाम चैनपुरमा परिक्रमा गरी खै तपाईँको माक्स अभियान सञ्चालन गरिएको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को सङ्क्रमण सँगै पछिल्लो समय देशमा निकै आक्रमणका रूपमा देखा परेको कोरोना भाइरसलाई रोकथाम गर्न र समुदायमा फैलिन नदिन सचेतनाका लागि यस्तो अभियानको सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो ।

बझाङ जिल्लामा मात्र नभएर देशको विभिन्न कुना कुनामा सङ्क्रमण फैलिएको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गाउँ गाउँ बाट सदरमुकाम आएका तर मास्क नलगाएका दाजुभाइ दिदीबहिनीहरूलाई माक्स वितरण गर्दै,सबैलाई सचेत रहन आग्रह गर्नु भएको हो ।

कार्यक्रममा जिल्लाका सबै सुरक्षा निकायका प्रमुख सरकारी कार्यालयका प्रमुख वडा नम्बर २ का अध्यक्ष शुक्रराज जोशी पत्रकार लगायतले चैनपुर बजार परिक्रमा गरी सचेत जगाउने कार्यलाई तीव्रता दिनु भएको थियो । हामी सँग कुरा गर्दै डिएसपी विष्टले भने,मास्क लगाऊ कोरोना भगाँउ,सचेत नागरिक बनौँ,प्रहरी आयो मास्क लगाऊ भन्दा पनि मास्क लगाउन् काेरना भगाऊ अभियानलाई तीव्रता दिनु पर्ने देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्