राष्ट्रियसभा चुनाव : सुदूरपश्चिममा गठबन्धनबाट गरिमा शाह विजयी



कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कैलालीकी गरिमा शाह विजयी भएकी छन् ।

महिलातर्फ उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत रहेकी शाहीले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मत भार प्राप्त गरेकी छन् ।

शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् । अन्य दुई पदको पनि मतगणना जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्