बुधबार श’व भेटिएको उखुबारीको २० मिटर फरकमा आज अर्को पनि श’व भेटियो



मोरङ । मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा २० मिटर दूरीमा दुई श’व भेटिएको छ ।

एउटा खाल्डोमा हिजो (बुधबार) एक पुरुषको श’व भेटिएको थियो । उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार श’व भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गरिएको थियो ।

बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि श’व भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेपछि प्रहरीले शव खाल्डोबाट बाहिर निकाल्ने तयारी थालेको छ । दुबै श’व एकै पटक हत्या गरी खाल्डोमा गाडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उखु काट्न पुगेका किसानले बारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । बुधबार बेलुका प्रहरीले उत्खनन् गर्दा अन्दाजी ३०–३५ वर्षीय पुरुषको श’व फेला परेको हो । 

फेला परेका पुरुषको श’वको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । श’वको प्रकृति हेर्दा ह’त्या गरी गाडेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्