जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते



इलाम। मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

रोङ गाउँपालिका- ४ पहिरोमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा मेचीनगर नगरपालिका- ४ का ३३ वर्षीय चालक अर्जुन कोइराला घाइते भएका छन् । उनको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्