मोरङमा शव फेला प्रकरण: जग्गा कारोबारको लेनदेनमा ह’त्याको आ’शंका



काठमाडौं । बुधबार र विहिबार लगातार मोरङको धनपालथान–७ मा रहेको उखुबारीबाट निकालिएको दुईमध्ये एउटा श’वको पहिचान भएको छ । बिहीबार उत्खनन गरी निकालिएको श’वको पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

मोरङमा उखुबारीमा गाडिएका दुई पुरुषबारे प्रहरीले अनुसन्धान बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट ह’त्या आर्थिक लेदनेदनसँग सम्बन्धित भएको आधारमा अनुसन्धान बढाइएको छ ।

मृतकमध्ये पहिचान भएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ जग्गा कारबोबारी भएको खुलेको छ । उनी कारोबारकै सिलसिलामा घरबाट एक महिना अघि हिडेको खुलेको छ । केही दिन होटलमा पनि बसेको र वेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

दुवैको हत्या अपहरणपछि गरिएको हुनसक्ने भन्दै अनुसन्धान बढाइएको हो । दुईमध्ये श्रेष्ठको शव पहिले गाडिएको र त्यसको केही दिनपछि अर्को शव गाडिएको पत्ता लागेको छ । घाँटीमा डाम देखिएकाले डोरीले बाँधेर ह’त्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

धनपालथान ७ बोर्डिङस्थित उखुबारीमा खाडल खनेर गाडेको अवस्थामा राजेन्द्रकुमार श्रेष्ठ र अर्का नाम नखुलेको व्यक्तिको शव १२ माघमा भेटिएको हो । श्रेष्ठ भक्तपुरमा बस्दै आएको समेत खुलेको छ ।

उखु काट्ने क्रममा किसानले शव भेटेका थिए । खाडल खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खनेर हेर्दा कपडामा बेरिएको शवहरु भेटिएको थियो । दुवै शवको घाँटीमा डोरीले बाँधेको छाप र एक श’वको हात बाँधिएको पाइएको छ । दुवै श’व गलाउन खाल्डोमा नुन प्रयोग गरिएको पाइएको छ ।

 प्रहरीले पहिचान नभएको अर्को शवको पहिचान गर्ने प्रयास गरिरहेको छ । प्रहरी अधिकारीहरुका अनुसार खाल्डोभित्र घुडा टेकाएर राखेको र प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्