बुबाले ट्याक्टर चलाउँदा ट्याक्टर मुनी खेलिरहेकी दुई वर्षीया छोरीको मृत्यु



काठमाडौँ । बाबुले चलाएको ट्याक्टरले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर आज दुई बर्सिया छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।

बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नम्बरको ट्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घर अगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् । 

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्