मन्दिरबाट धमाधम चोरिन थाले पुरातात्विक महत्वको सामाग्रीहरू



काठमाडौँ । भक्तपुरको थिमिस्थित इन्द्रायणी मन्दिरमा रहेका पुरातात्त्विक महत्त्वका बाजागाजा चोरी भएका छन् । शनिवार मन्दिरमा रहेका बीस जोर भुस्सा बाजा, दाहिने शङ्खलगायतका सामग्री चोरी भएका हुन् ।

केही दिनअघि ललितपुर सुनाकोठी स्थित बालकुमारी मन्दिरबाट पनि लिच्छविकालीन बालकुमारीको मूर्ति चोरी भएको थियो ।

बालकुमारी गुठीले चोरीबारे सूचना दिनेलाई पाँच लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।

चोरले यी दुवै स्थानमा चार वटा ताला काटेर सामान चोरी गरेको पाइएको छ ।

हल्चोकमा पनि यसरी नै चोरी भएको छ । यो जाडोयामको सेरोफेरोमा पुरातात्त्विक सामग्री चोरी भइरहेको थिमि प्रहरी वृत्तका नायब प्रहरी उपरीक्षक नरहरि रेग्मी बताउँछन् । गोरखापत्र दैनिकमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्