बझाङ काेशेली घरको उद्घाटन 



बझाङ ।  बझाङ काेशेली घरको उद्घाटन गरिएको छ ।

देशका विभिन्न जिल्लाहरूले आ- आफ्नो जिल्ला लाई चिनाउने उदश्यका साथ बझाङ जिल्लाको रैथाने अन्न बाली बाट जिल्ला लाई चिनाउन सकिने भन्दै सदरमुकाम चैनपुरमा बझाङ काेशेली घरको उद्घाटन गरिएको हो ।

स्थानीय उत्पादन लाई माया र बढावा दिअाै,कृषि र किसानको गरिमा बढाउ भन्ने मूल नारालाई आत्मसात् गर्दै जिल्ला कृषि ज्ञान केन्द्र
बझाङको आयोजनामा काेशेली घर उद्घाटन गरिएको तियो ।कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले भने विभिन्न जिल्लाले लाेक्कललाई बढुवा दिँदै आ-आफ्नो जिल्ला चिनाउने भन्दै बझाङ जिल्ला चिनाउन याहाँकाे लाेक्कल अन्नलाई भटमास ,फापर,भागो,जाैँ,मकै कोदो,टिम्मुर गहत लगायत स्थानीय उत्पादनले जिल्ला चिनाउने उहाँको भनाइ रहेको थियो ।

कार्यक्रममा विगतको लामो समय देखि सफल उद्यमी वसन्त खड्काले चालेको कदमलाई कदर गर्दै,उहाँले लाखौँको स्थानीय उत्पादन लाई अगाडि बढाएको भन्दै धन्यवाद ब्यक्ता गरिएको हो । आज उद्घाटन गरिएको काेशेली घरको वसन्त खड्काको अध्यक्षतामा प्रमुख अतिथि जिल्ला समन्वय समिति संयोजक खडक खड्का विशिष्ट अतिथि उपमेयर जुना जार्गी लगायत सबैको उपस्थिति रहेकाे थियो ।  यसलाई अगाडि बढाउन हातेमालो गराै भन्दै उत्साह थपिएको थियो ।

खड्काले जिल्लामा रहेका स्थानीय स्थानमा उत्पादित गरिएका अन्नबाली देखि विभिन्न तरकारी दालहरूको पसल सदरमुकाम चैनपुरको चाैराह नजिकै राखेका छन उनलाई उत्साह दिनको लागि कृषि ज्ञान केन्द्र बझाङ मार्फत सरकारले ५ लाख अनुदानमा बझाङ काेशेली घरकाे उद्घाटन गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्