कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई दले कालोमोसो



कैलाली । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालो मोसो दलेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालो मोसो दलेका हुन् ।

आफुलाई विप्लवका कार्यकर्ता बताउने समूहबाट काम भन्दै एक्कासि कालो मोसो दलेको पण्डितले जानकारी दिए । आ’तङ्कको किन विरोध गरेको भन्दै एक्कासि दु’र्व्यवहार गरिएको उनको भनाई छ ।

केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए ।

सामुदायिक वनमा आफूले तोकेको रकम चन्दा स्वरूप नदिएमा भौतिक कारबाही गर्ने ध’म्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए । चन्दाबारे उक्त समिति र सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई कालो मोसो दलिएको बुझिएको छ ।

कालो मोसो दलिएपछि उल्टै अधिकृत पण्डितले सेल्फी खिचेर सामाजिक सञ्जालमा फोटो अपलोड गरेका छन् । उनको प्रसंशकले उल्टै कामको प्रसंशा गरेका छन् ।

उनले  सामाजिक सञ्जाल फेसबुकमा कालोमोसोसहितको फोटो पोस्ट गर्दै यस्ता रंगहरू दलेर केही फरक नपर्ने बताए । उनले इमान्दारितामा तलमाथि नगरेपछि जे रंग दले पनि केही नहुने धारणा राखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्