कर्कलाको पातले छोपेर गाडिएको अवस्थामा अटो चालकको श’व फेला



चितवन । नवलपुरको कावासोतीमा अटो चालक मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् । 

सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा श’व गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गए राति घरमै बसिरहेका गिरीलाई अ’परिचित व्यक्ति आएर अटोमा पुर्‍याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको ह’त्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ । 

प्रहरीले मृतकको श’व निकालेर पोष्ट मार्टमको लागि पठाइएको र अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्