कृषकको साहारा बन्दै आलुजाेन , आफ्नै जिल्लामा आलुको बीउ तयारी पार्नेमा तीव्रता 



बझाङ । हाम्रो जिल्लामा हाम्रो कृषकले उत्पादन गरेको बीउ हुनुपर्छ भन्दै,आलुजाेन कृषकको साहारा बन्दै,आएको छ । 

बझाङ जिल्लामा रहेको आलुजाेन कार्यालय बझाङले विभिन्न स्थानीय तहका आलु लगाउन उचित स्थानलाई हेर्दै आलु कार्यलाई तीव्रता दिएको कार्यालय प्रमुख सिविता जोशीले बताउनु भयो । कार्यालय प्रमुख जोशीका अनुसार पी वि एस, पहिलो पुस्ताको बिउ र उन्नत बिउ (डेजिरे) लगाउने र उत्पादित बिउ आलुलाई आगामी शरदकालीन सिजनमा बिउको रूपमा प्रयोग गर्ने योजना अनुरूप जय पृथ्वी नगरपालिका वडा नम्बर  ३ पुवरमा २० रोपनीमा लगाउने र कम्तीमा १५० क्विन्टल आलु बिउमा लाग्ने  योजना रहेको छ । 

उहाँले हामी सँग केरा गर्दै फेरि भने , आगामी वर्ष शरदकालीन समयमा  आफ्नै जिल्लाको बिउ प्रयोग गर्ने गरी क्लष्टर तयारी हुदैछ । बझाङमा रोड नजिकको हिमाली क्षेत्रलाई उपयोग गरी कोल्डस्टोर नहुँदाको अवस्थामा पनि बीउ  चक्र चलाई बिउ आलु र खायन आलुमा फड्को मार्न सम्भव छ ।

यो स्थानमा Potato care house  टाइपको घर पनि बनाइने छ । जहाँ आलु भण्डारण होस । आलुमा प्रशस्त स्याउला र कम्पोष्ट मल र माईक्रोन्यूट्रियन्ट मात्र प्रयोग गरिएको देख्छु अरु रासायनिक मल प्रयोग भएको छैन । छैन कृषकले अन्य मलको पनि प्रयोग गर्नु पर्ने भन्दै बझाङ जिल्ला लाई आलुखेति योग्य जिल्ला बनाउन सकिने उहाँको भनाइ छ । पछिल्लो समय कृषि ज्ञान केन्द्र बझाङ र आलुजाेन कार्यालय बझाङको आयोजनामा जिल्लामा रहेका विभिन्न कृषकलाई कृषिमा आधारित पार्दै उत्साह जगाउने काम भएको कृषक प्रकाश खत्रीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्