सिरहाको भगवानपुरमा विभिन्न पार्टी परित्यागगरी सयौँ जना काङ्ग्रेसमा प्रवेश 



सिरहा लहान  – स्थानीय चुनाव नजिकै आउँदा सिरहामा नेपाली काङ्ग्रेसका नेताहरूले सङ्गठन बनाउनमा व्यस्त रहेका छन्।सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको नेतृत्वमा सयौँ जनाले एमाले   जसपा र एकीकृत सामाजवादी प्रत्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका छन्। 

मुक्ति नाथ यादवका नेतृत्वका अटो चालकहरूको एक समूहले काङ्ग्रेस पार्टी नै गरिब मजदुरहरूको सहयोग सहारा हो भन्दै लहान र ठाढी सडक खण्ड अन्तर्गत चलनले सम्पूर्ण अटो चालकहरूले काङ्ग्रेस पार्टी प्रवेश गरेका छन्।

भगवानपुर गाउँपालिका नेपाली काङ्ग्रेसका नगरपापती सुभाष यादवको अध्यक्षतामा बसेको बैठकले पार्टी प्रवेश गरेको हो। पार्टीको जिल्ला सभापति राम चन्द्र यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो प्रदेश कमिटी सदस्य काङ्ग्रेस नेतृ गुडिया भनिने राजदा खातुन विशिष्ट अतिथि रहनु भएको थियो।

नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति महेश चौधरी,वरिष्ठ काङ्ग्रेस नेता सूर्य नारायण यादव,जिल्ला उपसभापति विष्णु प्रसाद गुप्ता, प्रदेश सभापति सन्तोष उपाध्याय जिल्ला सदस्य कन्हैया गुप्ता प्रदेश सभा ख का प्रत्याशी देव नाथ यादव लगायतका नेताहरूको उपस्थितमा पार्टी प्रवेश भएका छन्।

उक्त पार्टी प्रवेश कार्यक्रम क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको नेतृत्वमा भएको आयोजकले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्