स्वस्तिमाको पहिरनले मच्चायो सामाजिक संजालमा हंगामा



काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्का निकै चर्चामा छिन् ।

उनले विदेशी चलचित्रमा समेत अभिनय गरेर चर्चा कमाएकी हुन् । ‘तामिल’ चलचित्र थिरिमालीको गीतमा उनलाई करोडौंले मन पराएका छन् । जसमा स्वस्तिमा खड्काको ‘आइटम डान्स’ का केही झलकहरू देखाइएको छ।

स्वस्तिमाले आज फेसबुकमा सार्वजनिक गरेको तस्बिरले उनको चर्चा फेरि चलेको छ । मंगलबार स्वस्तिमाले पति निश्चल बस्नेतसँगको २ वटा तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

जसमा स्वस्तिमा र निश्चल नौलो पहिरनमा देखिएका छन् । तस्बिरमा उनको पोशाक पारदर्शी छ । त्यसको डिजाइनमा समेत चासो छ,  भने निश्चलले कालो कोर्ट र सेतो सर्ट लगाएका छन् । सामाजिक सञ्जालमा धेरैले स्वस्तिमाको पहिरनको प्रशंसा गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्