जनसमुदायको लगानीमा २ करोडको शिव मन्दिर निर्माण हुँदै 



सिरहा लहान  – सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रघुनाथपुरमा करिब २ करोडको लगानीमा शिव मन्दिरको निर्माण हुन् लागेको हो । 

करिब २ महिना अगाडि समाजसेवी तथा नेपाल मानव अधिकारका सिरहा संयोजक चन्द्र नारायण कुशवहा र स्थानीय समाज सेवी राजेन्द्र कामैतले मन्दिरको शिलान्यास गरेको थियो।

४८ फिट लम्बाई र ४६ फिट चौधरीको मन्दिर निर्माण हुन् लागेका हुन्।उक्त मन्दिरमा स्थानीय समाजसेवी तथा माँ धमिनी हस्पिटल प्रा.लि.का सञ्चालक ओम सिंहले मन्दिरको निर्माणको सुरु देखि निर्माणको फिनिसिङ्ग सम्मको बालुवा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ।

निजले पछिल्लो बर्सहरूमा पनि सामाजिक मठ मन्दिरहरूमा र धार्मिक संस्थाहरूमा सहयोग गर्दै आएका छन्।सिंहले लहान कन्ट्रक्सनका सञ्चालक समेत रहेका हुन्।ओम सिंहले सानै उमेर देखि सामाजिक काममा समाजको हित हुने काममा अग्रनी भूमिका खेल्दै आएका छन्।यहाँ मात्रै हैन पछिल्लो समय उनले कोरोना कहरमा पनि विपन्न समुदायमा सहयोग गर्दै आएका थिए। सिंहले मन्दिर निर्माण सम्ममा लाग्ने बालुवाको जिम्मेवारी लिएका हुन्।

हाम्रो हिन्दु समाजमा मठ मन्दिरहरूलाई विशेष मानिने परम्परा रहेको धार्मिक व्यक्तित्वहरूको भनाई रहेको छ। उक्त मन्दिर निर्माण समितिको अध्यक्षमा स्थानीय बुद्धि जीवी तथा समाजसेवी फुलेश्वर महतोले मन्दिर निर्माण समितिको अध्यक्ष रहनु भएको छ भने महेश कुशवाहाले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका स्थानीय कुशवाहा समाजका लहान नगर अध्यक्ष रामु महतोले जानकारी दिनु भयो।

उक्त मन्दिर दाताहरूको सहयोगले नै निर्माण हुने गरेको छ। मन्दिर निर्माणमा अरू दाताहरूको आर्थिक सहयोगको अपेक्षा रहेको स्थानीय ओम सिंहले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्