झापाको काँकडभिट्टास्थित जुत्ता उद्योगमा भीषण आगलागाी, नियन्त्रणको प्रयास जारी



झापा ।  झापाको मेचीनगर-६ काँकडभिट्टास्थित बर्मेली टोलमा रहेको एसएस जुत्ता उद्योगमा आगलागी भएको छ। दिउँसो मध्यान्हदेखि आगलागी सुरु भएको हो। श्याम खेताङले सञ्चालन गरेको उक्त जुत्ता फ्याक्ट्रीमा लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। 

आगलागी भइरहेकाले विस्तृत विवरण आउन सकेको छैन । मेचीनगरको दमकल बिग्रिएकाले भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 

केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्