सिके राउतका जिल्ला उपाध्यक्षसहित ६ जना नेता तथा कार्यकर्ता प’क्राउ



महोत्तरी । राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका सीके राउत नेतृत्वको जनमत पार्टीका ६ जना नेता तथा कार्यकर्ता प’क्राउ परेका छन्।

सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका महोत्तरीका ६ जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट प’क्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प’क्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए । प’क्राउ पर्ने अन्यमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास-६ का विनोदकुमार महतो, बलवा नगरपालिका-६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका-१ का वडाध्यक्ष वीरेन्द्र महतो छन्।

सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्