टिका दाहालको सङ्गीतमा ‘नक्कली’ सार्वजनिक ( भिडियो )



काठमाडौं – ‘तस्बिर’ , ‘मिल्टेरिको जुत्ता’, ‘हुन्न हुन्न हुँदै हुन्न’ लगायातका थुप्रै चर्चित गीतहरूमा सङ्गीत भरेका चर्चित सङ्गीतकार टिका दाहालले सङ्गीतबद्ध गरेको नयाँ म्युजिक भिडियो ‘नक्कली’ सार्वजनिक भएको छ।

रोमान्टिक भर्सनको यस गीतमा अमन प्रधानको स्वर रहेको छ भने शब्द  अबुन पाण्डेको रहेको छ। यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले सङ्गीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रियाना आचार्य ‘मुन्नी’ गायक प्रधान बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। बुद्ध  थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियोमा  तयार पारिएको हो।  कान्तिपुर होलिडेज अस्ट्रेलियाको  सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्