फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता घट्दै



काठमाडौँ ।  आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक, सामाजिक सञ्जाल फेसबुकले आफ्नो दैनिक सक्रिय प्रयोगकर्ता (डेली एक्टिभ युजर्स) को सङ्ख्यामा गिरावट आएको बत्ताएको छ ।

फेसबुकको मूल कम्पनी मेटा नेटवर्क्सले डिसेम्बरको अन्त्यसम्मको तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या १.९३० बिलियनबाट घटेर १.९२९ बिलियन पुगेको जनाएको छ।

टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीहरूको तुलनामा आम्दानी पनि कम हुने कम्पनीको आशङ्का छ । साथै विज्ञापन कम्पनीहरूले आफ्नो खर्च कटौती गरिरहेका छन् ।

मेटाकाे सेयरमा २०% भन्दा बढी गिरावट आएको छ ।

मेटाको सेयर मूल्यमा आएको गिरावटले कम्पनीको सेयर बजार मूल्यमा २०० अर्ब डलरभन्दा बढी घाटा पुगेको छ । 

ट्विटर, स्न्यापच्याट, पिन्ट्रेस्टलगायत अन्य सामाजिक मिडिया प्लेटफर्महरूको सेयरमा पनि तीव्र गिरावट आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्