मोरङ र ललितपुर ह’त्याका’ण्ड : प’क्राउ परेका अनिल मण्डलसहित ३ जना सार्वजनिक



विराटनगर । मोरङको धानपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुई जना र ललितपुरको धापाखेलमा एक जनालाई ह’त्या गरेको आ’रोपमा प्रहरीले ३ जनालाई प’क्राउ गरेको छ । 

प’क्राउ पर्नेहरुमा सिराहाको सिराहा नगरपालिका– २१ निवासी ३१ वर्षीय अनिलकुमार मण्डल , मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम छन् । शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर अरोपीहरुलाई सार्वजनिक गरेको हो । 

ह’त्यामा संलग्न मध्येका सिराहाको सिराहा नगरपालिका–२१ घर भएका अनिल मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीको भनाइ छ ।अनिलको योजनामा ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय  शम्भु चौधरी र मोहन लिम्बुको हत्या भएको प्रहरीको दाबी छ। 

प्रहरीका अनुसार उनीहरुले कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथाम गाउँपालिका– ७ मा भेटिएको थियो । उखुबारीमा गाडिएको अवस्थामा माघ १३ र १४ गते उत्खनन् भएको थियो। बेपत्ता रहेका ६२ वर्षीय लिम्बुको बिहीबार ललितपुर महानगरपालिका–१२ ठेँचोमा गाडिएको अवस्थाको शव  फेला परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्