धादिङ्गमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, परिचालक घाइते



धादिङ। पृथ्वीलोकमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–९ बिस किलोमा आज बिहान पौने ३ बजे ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन्।

काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा ४ ख ११६२ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक धुनिवेशी–८ भदौरेका ३२ वर्षीय राज कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

घाइते भएका परिचालक काठमाडौँका २० वर्षीय सविन कुँवरलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ ल्याइएको छ। ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको इलाका प्रहरी कार्यालय खानी खोलाले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्