मधेशमा हावाहुरी : स्कुल गएका दुई विद्यार्थी सहित तीनजनाको ज्यान गयो



धनुषा। बिहिबार रातिदेखि शुरु भएको हावाहुरीले च्यापिएर ३ जनाको बालबालिकाको मृत्यु भएको छ । हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी एक महिला रहेकी छन् ।

धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्