टिकटकमा हजारौँको मन जित्दै रायन



कैलाली । रायन आचार्य भनेर चिनिने एक व्यक्ति टिकटकमा हजारौँको मन जित्दै गएका छन्। आफ्ना प्रस्तुतिले हजारौँ दर्शकको भन लोभ्याउन थालेका छन् उहाँले ओइ साइँली नामक गीत पनि सार्वजनिक गरेका छन्।

टिकटकबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका रायन कला क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन  लागि  परेका छन्।

टिकटकले कसैको जिन्दगी नै बनाउने प्रयत्न गरेको उहाँ बताउनु हुन्छ हामीले रायन आचार्यलाई केही प्रश्न गरेका थियौ तपाई किन टिकटक तिर आउनु भयो? टिकटकले कसरी तपाइको मन लोभ्यायो? र तपाइले दर्शकको मन कसरी जित्नु भयो? उहाँले भन्नु भयो लकडाउनको समय थियो आफ्नो समय कटाउनका लागि म टिकटक तिर आएको थिए। टिकटकमा सामान्य तरिकाले फोटो सहितको टिकटक पोस्ट्याइएको थिए त्यो टिकटकलाई धेरै दर्शकले मन पराइदिनु भयो र टिकटक तिर बढि ध्यान केन्द्रित गर्न थाले अहिलेको परिस्थितिमा दर्शकले हसाउने खालको र दुखि खालको टिकटक मन पराउने गर्दछन् र मैले पनि दर्शकले चाहे अनुसारको टिकटक भिडियो सार्वजनिक गर्न थाले त्यसरी नै  सबैले साथ दिनुभयो भनी उहाँ बताउनु हुन्छ।

आचार्यका फ्यान यस्तो भन्छन्

रायन आचार्यका केही फ्यानहरू संग कुरा गर्दा उहाँको टिकटकले पुरानो मौलिकता झल्काउने गर्दछ र उहाँको प्रस्तुति देखेर मन नै लोभ्याउने खालको हुन्छ त्यसैले पनि हाम्रो मन सामान्य भिडियो देख्दा पग्लने गर्दछ र एउटै भिडियो समेत दुई चार पटक हेर्ने गर्दछौ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्