गोलबजारमा राष्ट्रिय कृषक समूह महासङ्घ नेपालद्वारा राहत वितरण 



सिरहा लहान  – राष्ट्रिय कृषक समूह महासङ्घ नेपालद्वारा १०९ घर धुरी विपन्न परिवारलाई राहत वितरण गरिएको छ। सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ ,५,८, र १० मा वितरण गरेका छन्।

गोलबजार नगरपालिका भित्र रहेका धर्मपुर,मुक्सार,चोहर्खा सदाय टोल लगायत ठाँउहरुमा राहत सहयोग गरेका हुन्।
मजदुरी बाहेक अरू आमदानीको श्रोत नभएको र भूमिहीन सुकुम्वासी र ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत सहयोग गरिएको कृषक महासङ्घका प्रतिनिधि राम सेवक रामले बताए।

गोलबजार नगरपालिका भित्रका ५ पाँच वटा वडाका जम्मा १०९ घर धुरी अति विपन्न परिवारलाई दुई महिना खान पुग्ने दाल ,चामल, लगायत प्रति व्यक्ति १३ तेह्र हजार ३ सय ३३ रुपैयाँ मूल्य बराबरको राहत सहयोग गरिएको बताउनु भयो। पछिल्लो बर्सहरूमा पनि महासङ्घले बिन्न बस्तीहरूमा राहत सहयोग गरेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवारले बताए।

उक्त राहत जनप्रतिनिधि तथा वडा नम्बर ८ का वडा अध्यक्ष नागेन्द्र सिंह महतोको रोहवरमा वितरण गरेका थिए। महतोका अनुसार महासङ्घ र केयर नेपालको सहयोगमा विपन्न समुदायमा जाडो मौसममा काम गर्न कठिन हुँदा गरिब दलितहरूलाई राहत सहयोग गरेको उनले बताए।

राहत पाएका विपन्न परिवारहरूले खुसी हुँदै आयोजक संस्थाहरूलाई धन्यवाद दिँदै राहत लिएर घर फर्किएका थिए। महासङ्घले समाजमा विभिन्न किसिमको समस्यामा परेका किसानहरूको हक हितको लागी काम गर्दै आएका छन्। सिरहा,सप्तरी लगायतका किसानहरूको समस्या सुने संस्थाको रूपमा चर्चित रहेका जिल्ला परियोजना अधिकृत  दिलिप कुमार साहले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्