प्रदेश १ मा आज मन्त्रिपरिषद विस्तार गरिँदै, को-को बन्दैछन् नयाँ मन्त्री ?



काठमाडौं। प्रदेश १ को मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ। सत्ता गठबन्धनमा रहेका दलहरूबिच भागबण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च छन्।

यसअघि गत आइतबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रालय फुटाउने गरेको निर्णय प्रदेश १ सरकारले गुपचुप राखेको थियो ।

आज थपिने नयाँ मन्त्रीमा काँग्रेसबाट प्रतापप्रकाश हाङ्गाम भूमि व्यवस्था मन्त्री, ओम सरावगी श्रम तथा रोजगार, शेखर चन्द्र थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री बन्ने भएका हुन् ।

यस्तै, माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ र झलकसिंह दर्लामी कृषि तथा पशुपक्षी विकास मन्त्री बनने भएका छन् । त्यसैगरि नेकपा एकीकृत समाजवादीबाट खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राजन राई सामाजिक विकास मन्त्री र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने भएका छन् ।

आज बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको सङ्ख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । सत्ता गठबन्धन सरकारमा मन्त्रीका आकाङ्क्षी धेरै भएपछि मन्त्रालय थप गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्