ओम पोलिकिल्निक एन्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सिफ्ट 



सिरहा माघ  – सिरहाको लहान नगरपालिका ७ स्थित सञ्चालनमा रहेको ओम पोलिकिल्निक एन्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सिफ्ट  भएको छ। विगत ५ वर्ष देखि लहानमा स्वास्थ्य सेवा दिँदै आएका थिए । 

उक्त किल्निकले ५ पाँचौँ वर्ष पुरा गरी ६ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पुरानो ठाउँबाट नयाँ सुविधा सम्पन्न ठाउँमा सारेको प्रमुख डा.ओम प्रकाश चौधरीले जानकारी दिनु भयो ।

सञ्चालन भएको समय देखी निरन्तर सेवा प्रदान गर्दै आएका छन् । दर्जनौँ विशेषज्ञ डाक्टरहरूको टिमले सबै किसिमको बिरामीहरूको जाँच गर्ने गरेका छन्। सिरहा जिल्लामा सञ्चालनमा रहेको धेरै किल्निकहरुको तुलनामा उक्त किल्निकले बिश्वासनिय स्वास्थ्य उपचार सँगै परामर्श समेत दिने गरेको छ । स्थानीय डा.ओम प्रकाश चौधरीले हाड जोर्नी नशा तथा ट्रमा सर्जन समेत रहनु भएको छ । बाकी काम गर्नु भन्दा आफ्नै समाजमा सेवाको भावनाले उक्त स्वास्थ्य संस्थाको स्थापना गरेको हो ।

उक्त संस्थाले शल्यक्रिया तथा ल्याप्रोस्कोपिक सर्जन डा.सैलेन्द्र साह,फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा.कृष्ण कुमार साह,डाईबिटीज,थाइराईड तथा हर्मोन रोग विशेषज्ञ डा.सितेश कुमार गोईत,महिला तथा प्रसूति रोग विशेषज्ञ डा.गीता यादव,जेनरल फिजिसियन डा.मनोज सुबेदी,नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा.अभय चन्द्र यादव,छाला यौन तथा कुष्ठ रोग विभाग लगायतका डाक्टरहरूको सेवा ओम पोलिकिल्निक एन्ड अर्थो केयर सेन्टरमा प्रदान गर्ने गरेको छ । 

एक बृहत् कार्यक्रमको आयोजना गरी उत्सव मनाई नयाँ भवनमा सारेको छ। लहान नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताको र वडा नम्बर ८ का अध्यक्ष विजय महतो र नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ता,वर्तमान अध्यक्ष मनोज बनैता, सरगम एफको सञ्चालक र प्रबन्धक फिरोज शेख, गोरखा पत्रकारका लहान सम्बादाता जिबछ उदासी लगायतका उल्लेखनीय उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्