पाँच सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौँ । आज मङ्गलवार नेपालीमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मङ्गलवार ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्