कानुन विपरीत नियुक्त सचिवले अझै दिएनन् राजीनामा



बझाङ । कानुन विपरीत नियुक्त भएका सुदूरपश्चिम प्रदेशका सचिवले राजीनामा दिएका छैनन् ।

देश सङ्घीय संरचनामा गए सागै स्थानीय तह प्रदेश सरकार र केन्द्रीय सरकार रहेको वेला सुदूरपश्चिम प्रदेश सरकार प्रदेश सभाका सचिव रहनुभएका सचिव राम सिंह धामीले राजीनामा दिएका छैनन् ।

प्रदेश सभाको सचिवमा नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम सुदुरपशिचम प्रदेश सभामुखको सिफारिसमा मिति २०७६साल ०२ महिना २८ गते प्रदेशसभाको सचिवमा नियुक्त गरिएको थियो । उहाँलाई प्रदेशका प्रमुख मोहनराज मल्लको हस्ताक्षरमा नियुक्त गरिएको स्पष्ट रहेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको सचिवमा नियुक्त हुनुभएका सचिव रामसिंह धामी नागरिकताको आधारमा उति वेला नै ६० वर्ष नाघिसकेका छन् । तर विधानमा भने,प्रदेशसभामा नियुक्त हुने व्यक्तिको उमेर ४५ वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने भन्ने व्यवस्था स्पष्ट रहेको छ । पदावधिको विषयमा भन्ने हो भने,सचिवको पदावधि पाँच वर्षको हुने छ र निजको पुन नियुक्त हुन सक्ने छ भनिएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा रहेका सचिव धामीको डकुमेन्टमा हेर्ने हो भने नागरिकतामा फरक उमेर रहेका छ त्यसै सँग राखिएको स्कुलको प्रमाणपत्रमा फरक उमेर रहेको स्पष्ट देख्न सकिन्छ । उहाँको नागरिकता अनुसार २०३३ साल ११ महिना १० गते उहाँ लाई १८ वर्ष पुरा भएको देखिन्छ तर यता स्कुलको प्रमाणपत्रमा फरक उमेर रहेको छ । धामीले नागरिकताको पनि प्रतिलिपि लिएको देखिन्छ, तर यो पनि नक्कली हो या सक्कली भन्ने बारेमा छानबिन हुन जरुरी रहेको नाम नखुलाउने भन्दै गोप्य स्रोतले हामीलाई बताउनु भएको हो ।

विधान विपरीत नियुक्त हुनु भएका सुदूरपश्चिम प्रदेश सभाका सचिव रामसिंह धामीको घर दार्चुला जिल्लाको साबिक सर्मेली गाविस  वडा नम्बर ८ रहेको थियो भने हाल लेकम गाउँपालिका १ दार्चुला घर भएका धामीले भने उम्मेरहद नाघिसकेको समयमा प्रदेश सभामा नियुक्त हुनुले कतै बिचमा चलखेल भएको त हैन कि भन्नेमा चर्चा हुन थालेको छ । प्रदेश सभाको सचिव रहनु भएका धामी २०१५ सालको जन्म मिति भयो भने मात्र २०३३ सालमा १८ वर्ष पुग्छन् । जन्म मिति २०१६ भयो भने २०३३ सालमा जम्मा १७ वर्षको हुन आउँछन् । अनि कसरी भयो उहाँको सचिवमा नियुक्ति किन यसको खोजी हुन सकेन ।

सुदूरपश्चिम प्रदेशसभाका सचिव रहनु भएका रामसिधामी सँग हामीले कुराकानी गर्दा उहाँले भन्नु भयो,म अर्को ठाउँबाट रिटायर भएर आएको हो । मैले नागरिकताको आधारमा भन्दा पनि शैक्षिक प्रमाणपत्रको आधारमा जागिर खाएको बताउनु भयो, नेपालको कानुन दैवले जानुन् भने जस्तै नागरिकतामा फरक र प्रमाणपत्रमा फरक उमेर रहेका उहाँ प्रदेशसभाको सचिव हुनु भनेको हो । फेरी हामीलाई उहाँले भने,धेरै स्थानबाट गुनासो आएको भन्दै त्यस्तो केही भएको छ भने आफूले राजीनामा दिने र २ देखी ३ दिन सम्म लाग्ने उहाँले बताउनु भयो । सचिव धामीको भने सबै प्रमाणपत्रमा फरक फरक उमेर रहेको स्पष्ट देख्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्