सौताको ह’त्या गरेको आ’रोपमा महिला प’क्राउ



बाैतडी । ह’त्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई प’क्राउ गरेको छ । 

प’क्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।

महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको ह’त्याको आ’रोपमा प’क्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई प’क्राउ गरिएको हो ।

प’क्राउ परेकी नारुले बयानका क्रममा सौताको ह’त्या गरेको स्वीकार गरेको शाहीले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । 

यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट थियो । नारुले घटना अघि पनि चन्द्रालाई कु’ट’पिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्