निरन्तर उकालो लाग्दै सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?



काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ ।  आज बुधवार छापावाल सुनको प्रतितोला ३०० रुपैयाँले बढेको लागेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । पहेँलो धातु मङ्गलवार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै  तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन ९२ हजार ६०० रुपैयाँ थियो ।

त्यसै गरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्