रामेछापमा आज २९ जना कोरोना सङ्क्रमण मुक्त 



रामेछाप । रामेछाप जिल्लामा बुधवार थप २९ जना कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण मुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ सय ९६ जना पुगेको छ । 

स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा बुधवार मन्थली नगरपालिकाबाट ४, रामेछाप नगरपालिकाबाट ८, खाँडादेवी गाउँपालिकाबाट ३ र लिखुतमाकोसी गाउँपालिकाबाट ६ जना गरी २१ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनु भयो ।

त्यस्तै जिल्लामा आज बुधवार ४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनु भयो । अधिकृत थापाले दिएको जानकारी अनुसार अहिले २९ जना सङ्क्रमित होम आइसोलेशनमा र ५ जना संस्थागत आइसोलेशनमा बसेका छन् । यो सहित अहिले जिल्लामा ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबिच जिल्लाका झण्डै ९८ हजार नागरिकले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले हालसम्म जिल्लाका ९७ हजार ९२८ जना नागरिकले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाएको र एक लाख ७ हजार २२८ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्