दलितलाई प्रतिनिधित्व गर्न एक दिने अभिमुखीकरण सम्पन्न 



सिरहा लहान – दलित समुदायलाई प्रतिनिधित्व बढाउन एक दिने अभिमुखी कारण कार्यक्रम सम्पन्न भएको छ।दलित सरोकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा दलित समुदायको विभिन्न पार्टीमा आबद्ध राजनीति दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मिर्चैया नगरपालिका स्थित सञ्चालनमा रहेको होटेल होलिडमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ्।आउने चुनावमा दलित समुदायको प्रतिनिधित्व बढाउन उक्त कार्यक्रमको आयोजना गरेको गरेको दलित सरोकार मञ्च नेपालका कार्यकारी निदेशक भोला पासवानले जानकारी दिनु भयो।

पछिल्लो समयको निर्वाचनमा देशमा अरू समुदायको तुलनामा दलित समुदायबाट जनप्रतिनिधि निकै कम रहेको देखिन्छ।अब आउने चुनावमा तिनै तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वमा सहभागिता बढाउन जिल्ला स्तरीय    कार्यक्रम गरेको हो।कार्यक्रममा दलित अगुवा र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार डा.विजय मिश्रले गर्नु भएको आयोजकले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्