सरकारले तोके अनुसारको तलबको माग गर्दै लक्ष्मीपुर पतारी गाउँपालिकामा तालाबन्दी 



सिरहा लहान – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा तालाबन्दी गरेका छन्। सङ्घीय सरकार र स्थानीय सरकारले तोकिएको बमोजिम तलबको माग गर्दै बालबिकासका शिक्षिका र विद्यालय कर्मचारीहरू आन्दोलित भएका छन्। माघ १६ गतेदेखि नै गाउँपालिकाको अगाडीमा धारणा राख्दै आएका छन्।

उक्त गाउँपालिका अन्तर्गत आधारभूत र मावि गरी जम्मा १७ वटा विद्यालय रहेका छन्।ऊनीहरूले स्थानीय तह बाट ७ हजार र सङ्घीय सरकारबाट ८ हजार गरी जम्मा १५ हजार पाउनु पर्ने भन्दै आक्रोश हुँदै गाउँपालिकामा तालाबन्दी गरेका छन्।

पछिल्लो असोज ११ गते आन्दोलन गरेका थिए। माग अनुसारको तलब नपाउँदा ऊनीहरूले पटक पटक आन्दोलन गर्दै आएका छन्। स्थानीय सरकारले केही वास्ता नगरी उनीहरू निरन्तर आन्दोलन गर्दै आएका छन्।स्थानीय सरकार र सङ्घीय सरकारले तोकिए बमोजिम तलब र सेवा सुविधा नपाए सम्म आफू आन्दोलनमा रहने आन्दोलन समितिका अध्यक्ष राम कुमार यादवले बताए।

ऊनीहरूले सङ्घीय सरकारले तोकेको रकम प्रति महिना ८ हजारको दरले आउँदै आएका थिए।पछिल्लो समय आन्दोलन गर्दा गाउँपालिकाले प्रति व्यक्ति २५ सय रुपैयाँ थप गर्दिएको छु गाउँपालिकाको अध्यक्ष राम तलब साहले बताउनु भयो।

गाउँपालिका अध्यक्ष रामबलब साहका अनुसार सरकारले बजेट विनियोजन गर्दा स्थानीय तहका पालिकाहरूलाई फसाएको छ। केन्द्रले जुन रकमको लागी निर्णय गरी गाउँपालिकामा ४ किसिमको बजेट दिन्छ यिनीहरूलाई पैसा भनेको सशक्तबाट पाउने हो।

गाउँपालिकामा रकम अपुग रहेको भन्दै आफू पछिल्लो आन्दोलनमा गाउँ सभाबाट २५ सय रुपैयाँ प्रति शिक्षिकालाई थप गरी दिँदै आएका छौँ। अब पालिकामा त्यो शीर्षकमा रकम नरहेको काहा बाट दिने उनले प्रस्ट पारेका थिए। तालाबन्दी गरोस् या धारणामा बसो पालिकामा रम नरहेको कहाँबाट दिने उनले बताए।

पालिकामा लगाएको ताल्चा आन्दोलित पक्ष सँग गाउँपालिका अध्यक्षले कुनै सम्झौता नगरी प्रहरी लगाएर ताल्चा फुटाएको असन्तुष्ट रहेका बालबिकासका शिक्षिका र विद्यालय कर्मचारी पक्षको आरोप रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्