प्रेम दिवस : महँगो उपहार हैन निस्वार्थ माया गरौँ 



प्रेम एक पवित्र सम्बन्ध पनि हो । खासगरि आज फेब्रुअरी १४ अर्थात् फागुन २ गते प्रणय दिवस पनि ! यसलाई हामीले प्रेम दिवस अर्थात् भ्यालेनटाइन”डे पनि भन्ने गर्छौ ।

विशेष गरी आज एकअर्कामा माया प्रेम साटासाट गर्ने पनि गरिन्छ । धेरैले आजकै दिनलाई आफ्नो प्रेमी वा प्रेमिकासँग जोडिने दिनका रूपमा पनि मनाउने गर्छन् । अझ भनौँ कतिपयले यसलाई देखावटीको रूपमा पनि मनाउने गर्छन् ।

यो भनिरहेका मलाई प्रणय दिवसमा प्रेमी प्रेमिका बिचमा भएको देखासिकी प्रवृत्ति अझै पनि हाम्रो समाजमा बढी नै छ कि जस्तो लाग्छ । हो हामी कसैलाई प्रेम गर्छौ भने मन देखी गर्नुपर्छ हैन भने बनावटी रूपमा एक दिनको प्रेम दिवस अर्थात् भ्यालेनटाइन ´डे ले केही पनि हुँदैन ।

पुस्ता पुस्तान्तरमा भाका,भाषा शैली,फरक भए पनि माया प्रेमका कहानी  नबोक्ने सायदै कमै होलान् । समाज अनुसार प्रेम एकआपसमा साटासाट भएकै हुन्छ ।

कतिपय प्रेम सफल भएर सहयात्राको गोरेटोमा कथाहरू लेखिए होलान् त कतिपय असफल भएर बिछोडको कहानी पनि लेखिए होलान् । जे जस्तो भए पनि माया माया नै हुन्छ   कुनै प्रेम असफल हुँदैमा संसार रित्तिएको पनि मानिँदैन !

हामी आफ्ना बुवा आमा,  दाजुभाइ,दिदीबहिनी जो सँग पनि एकापसमा प्रेम साटासाट गरिरहेकै हुन्छौ । मायाले हाम्रो जीवनमा सकारात्मक सोचाई अनि भाव ल्याउँछ भने सम्बन्ध पनि बलियो बनाउँछ ।

संसारमा स्वर्ण अक्षरले कुँदिरहेका प्रेम कथाहरू संयोगान्त भन्दा पनि वियोगान्त धेरै छन् ।

यस दिनलाई हामी दुईले महत्त्वका रूपमा हेर्दैनौ किन कि हामी बिच अन्य दिनहरूमा पनि प्रेम सधा रहिरहन्छ । न कुनै   फुल दिएर जिन्दगी सुन्दर बन्छ न त कुनै चकलेट नत कुनै महँगो उपहारले नै सुखी त केवल मिठो बोली अनि निस्वार्थ व्यवहारले मात्रै दिन्छ ।

आजका दिनमा जस्तो साथ भोलिका दिनमा पनि रहिरहोस् । मायामा कमी न आओस् अनि दुःख सुखमा त्यो हात सधैँ मेरो काँधमा रहोस् ! अनि हाम्रो सम्बन्ध साथमा कहिल्यै कसैको नराम्रो दृष्टि नलागोस् ।

प्रेम अमर रहिरहोस् मेरो उनीलाई पनि प्रणय दिवसको शुभकामना !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्