मोबाइल बिगारेको निहुँमा श्रीमतीको ह’त्या, श्रीमान प’क्राउ



झापा । श्रीमतीको ह’त्या आ’रोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका-१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमरबहादुर तामाङलाई आज (सोमबार) प’क्राउ गरेको छ ।

३४ वर्षीय श्रीमती अनिता लिम्बूलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले ह’त्या गरेको प्रहरीले जनाएको छ ।

अनिताले मोबाइल बिगारेको विषयमा तामाङले चक्कु प्रहार गरेको प्रहरीको भनाई छ । श्रीमतीको ह’त्या गर्ने तामाङ भने अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

मृतक अनिताको शवलाई भने पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्