जिल्ला प्रशासन कार्यालयको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक



बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रशासन कार्यालयले मिति २०७८- ०७९ को अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । जिल्लामा प्रशासनले दिएको सेवा सुविधा र जनता बिचको आत्मीय सम्बन्धको विषयका बारेको छलफल सहित सेवा बारे सबै सरकारवाला लाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

फागुन २ गते प्रशासनको सभा हलमा सञ्चालित कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरू पत्रकार सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको बस्तुस्थीतीबारे जानकारी गराउँदै अहिले सम्मका गतिविधिबारे प्रस्तुत गरेको हो ।

कार्यक्रममा जिल्ला प्रशासनले गर्ने मुख्य कार्य प्रस्तुत गरिएको हो । ०७८र ०७९ हाल सम्म प्रशासनले नागरिकता वितरण नयाँ ४२६२ वितरण गरेको छ । जसमा वशँसजको आधारमा ४२६१ वैवाहिक अङ्गीकृत १ जना नागरिकता वितरण प्रतिलिपि १३९४ नाबालक परिचयपत्र ५४ जना यसै गरी राष्टीय परिचयपत्र ३६१८ लगायत सबै विषयमा जानकारी गरिएको हो । यसै बिच सडक दुर्घटना तर्फ सङ्ख्या ३ मृत्यु सङ्ख्या ६ घाइते सङ्ख्या १९ रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने अहिले सम्म जिल्ला प्रशासन कार्यालयले चुस्तदुरुष्त काम गरेको भन्दै सबैलाई हातेमालो गरेर अगाडी बढ्न अनुरोध गरिएको हो । उहाँले भन्नु भयो, तपाई हामी सबै जिल्लाको विकासको लागी अगाडी बढ्नु पने भन्दै हातेमालो गर्न सबैलाई अनुरोग गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्