ललितपुरमा सवारी दुर्घटना गराएर भाग्दै गरेका भारतीय नागरिक कीर्तिपुरबाट प’क्राउ



काठमाडौँ । ललितपुरको धोबी घाटमा दुर्घटना गराएर भाग्दै गरेका भारतीय नागरिकलाई प्रहरीले काठमाडौँको कीर्तिपुरबाट प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेमा भारत विहार राज्य चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमद रहेका छन्। अहमदलाई महानगरीय प्रहरी परिसर ललितपुरले कीर्तिपुरबाट प’क्राउ गरेको हो ।

परिसरका अनुसार सोमबार साँझ अहमदले चलाएको भारतीय नम्बर प्लेट बीआर–०५–एएन ५९२० को कारले सडक दुर्घटना गराएको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्